एफडी मोर्टर्स र कुमारी बैंकबीच कर्जासम्बन्धी सम्झौता 

मंगलबार, साउन १६, २०८०

काठमाडौँ– ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि. (एफडी मोर्टर्स) र कुमारी बैंक ली.बीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । 

दुई पक्षबीच क्रेडिट कार्ड मार्फत शून्य प्रतिशत ब्याज दरमा  ३ लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिना नै कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो । 

जस अन्तर्गत कुनै पनि ग्राहकहरूले कुमारी बैंक ली। वा एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरिद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जा को भुक्तानी अग्रिम रूपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् । 

एफडी मोर्टर्सले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य २ लाख ६१ हजार ९ सय ९९ रुपैयाँ र एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । 

यस्तो छ सम्झौता

kumari 11690898927.JPGkumari 21690898927.JPGkumari 31690898927.JPGkumari 41690898927.JPG

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्