मधेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता, दुई जना मन्त्री नियुक्त

सोमबार, साउन १५, २०८०

जनकपुरधाम–  मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त भएका छन् ।

मधेश सरकारको आज भएको छैटौं  मन्त्रिपरिषद विस्तारमा कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । 

आजै नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेश सरकारको  छैटौं पटकको मन्त्रिपरिषद विस्तारसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । 

madhesh mantri1690806995.JPG

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्