सफ्ट्वेरिका कलेजमा ‘रोबोटिक प्रदर्शनी’

आइतबार, साउन १४, २०८०

काठमाडौँ– एक्काइसौँ शताब्दीका बालबालिकालाई सूचना प्रविधिको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिने उद्देश्यले ‘रोबोटिक प्रदर्शनी’ गरिएको छ ।

‘टेक–एक्स २०२३’ को अवसरमा साउन ११ गतेदेखि आजसम्म ‘रोबोटिक’ प्रदर्शनी गरिएको हो ।

डिल्लीबजारस्थित सफ्ट्वेरिका कलेजले आयोजना गरेको सो ‘टेक–एक्स २०२३’ को टेक–एक्समा मुख्य आकर्षणको केन्द्रविन्दुका रूपमा रोबोटिक प्रदर्शनी रहेको आयोजकले जनाएको छ ।

सफ्ट्वेरिका कलेजमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित रोबोटलाई प्रदर्शनमा राखिएको थियो । कलेजका प्रमुख प्रमोद पौडेलले टेक–एक्समा कम्तीमा छ वटा रोबोट प्रदर्शन गरिएको जानकारी दिए ।

त्यससँगै आइओटीको इनोभेसन प्रोजेक्टअन्तर्गत ३० भन्दा बढी प्रोजेक्टलाई प्रदर्शनमा राखिएको थियो । सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्, के–के परिवर्तन गर्न सकिन्छ, सूचना प्रविधिको अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई सूचना प्रविधि अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिने उद्देश्यले पनि टेक एक्सको आयोजना गरिएको बताइएको छ ।

सफ्ट्वेरिका कलेजका अनुसार कम्तीमा पाँच हजारभन्दा बढीले कार्यक्रमको अवलोकन गरेका थिए ।

कार्यक्रममा मनोरञ्जनात्मक क्रियाकलाप, सूचना प्रविधि क्षेत्रले कृषि क्षेत्रमा पुर्‍याउने योगदानबारे जानकारीसमेत दिइएको थियो । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा फुडस्टल, बौद्धिक खेल, बिजुलीबाट बनाइएका सवारीसाधनको अनुभव लिन सकिने र बौद्धिक खेल जितेका विजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको कलेजले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्