सर्वोच्च अदालतको फैसला

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, यस्तो छ सर्वोच्चको फैसला [पूर्णपाठ]

बिहीबार, साउन ११, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै उनी पदमुक्त हुने फैसला गरेको छ ।  

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गरेसँगै थापा पदमुक्त हुने हुने फैसला गरेको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

कार्कीले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन भने इजलासले अस्वीकार गरेको छ ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

koshi-adesh-11690464155.jpgkoshi-adesh-21690464155.jpg

koshi-adesh-31690464156.jpgkoshi-adesh-41690464156.jpgkoshi-adesh-51690464156.jpgkoshi-adesh-61690464156.jpgkoshi-adesh-71690464157.jpgkoshi-adesh-81690464157.jpgkoshi-adesh-91690464157.jpgkoshi-adesh-101690464157.jpgkoshi-adesh-111690464157.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्