हराएका ३४६ मोबाइल सम्बन्धित धनीलाई फिर्ता 

मंगलबार, साउन ९, २०८०

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ । 

मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए ।

साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्