नेभिगेशन
समाचार

कांग्रेसको विकल्प अरु हुन सक्दैन : शशांक कोइराला

काठमाडाैं - नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने बताए।

पार्टी एकतावद्ध हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ, उनले भने, ‘नेपाली कांग्रेसको विकल्प अरु छैनन्, नेपाली कांग्रेस नै हो । भविष्य नेपाली कांग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार