लघुवित्त पीडितको प्रदर्शन

लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ [तस्बिरहरु ]

आइतबार, साउन ७, २०८०

काठमाडौँ– लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले आज पनि विभिन्न माग राख्दै प्रदर्शन गरेको छ ।

शनिबार नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न माग गर्दै लघुवित्त पीडितहरुले राष्ट्र बैंकको केन्द्रीय कार्यलय घेराउ गरेका थिए ।

यस्तै, आज उनीहरुले विभिन्न माग राख्दै जुलुससहित सिंहदरबार घेराउ गरेका हुन् ।

laghubitta pidit strike cnnepal_11690118405.JPGआज पनि उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

laghubitta pidit strike cnnepal_21690118405.JPG

माइतीघर मण्डलाबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए । लघुवित्त पीडितहरुले केही समययता लघुवित्तिय संस्थाहरुविरुद्ध प्रदर्शन आएका छन् ।

laghubitta pidit strike cnnepal_20801690118406.JPG

laghubitta pidit strike cnnepal_141690118406.JPG

laghubitta pidit strike cnnepal_31690118405.JPG

laghubitta pidit strike cnnepal_51690118405.JPG

laghubitta pidit strike cnnepal_61690118405.JPG

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्