मैत्रीपूर्ण फुटबल खेल

नेपालद्वारा बङ्गलादेश पराजित

आइतबार, असार ३१, २०८०

काठमाडौँ– बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ ।  

बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । 

खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट पुगेको हो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो । 

बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाइन् । नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीस्वरूप पनि उक्त मैत्रीपूर्ण खेल खेलको हो । 

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्