अब बैंकहरूले आफैँ ब्याजदर तय गर्ने

बिहीबार, असार २८, २०८०

काठमाडौँ– अब बैंकहरूले आफैँ ब्याजदर तय गर्ने भएका छन् । नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय भएसँगै बैंकहरू आफैँ ब्याजदर तय गर्ने भएका हुन् ।

आज बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै र हुँदै आएको कार्टेलिङ खारेज गरेको हो । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरूले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघले जनाएको छ ।

साउन १ देखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले अब आफूअनुकुल तय गर्न सक्ने भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार