रुस–युक्रेन युद्धमा होमिएका युक्रेनी महिला क्याडेट [तस्बिरसहित]

बुधबार, असार २७, २०८०

एजेन्सी– युक्रेनमा रूसी आक्रमणको ५०४ औं दिनमा पुगेको छ । अझैपनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । 

युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।

यस्तैमा युक्रेनी महिला क्याडेटहरू युद्धमा होमिएका छन् । युक्रेनले विशेष गरी महिलाहरूका लागि डिजाइन गरिएको नयाँ सैन्य वर्दीसमेत उपलब्ध गराएको छ । कीभ सहरको बाहिरी भागमा महिला क्याडेटहरु युद्धको तयारीमा सैन्य प्रशिक्षणमा भाग लिइरहेका छन् । 

एएफपीका फोटो पत्रकार सर्गेई सुपिन्स्कीले महिला क्याडेटहरूको  सैन्य प्रशिक्षणको तस्बिर खिचेका छन् ।

हेरौँ तस्बिर

Ukrainian female cadet AFP1689179053.jpg

Ukrainian female cadet AFP 31689179053.jpg

Ukrainian female cadet AFP 21689179053.jpg

 


 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्