प्रधानमन्त्री कप भलिबल

प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित

बुधबार, असार २७, २०८०

काठमाडौँ– टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विजयी भएका छन् । 

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको आज सम्पन्न पुरुषतर्फको खेलमा हेल्प नेपाल नेपाल पुलिस क्लबलाई ३–२ सेटमा पराजित गर्दै विजयी भएको हो । टिपटप हेल्प नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पायो । 

त्यस्तै खेलको दोस्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई १÷१ सेटको बराबरीमा ल्यायो । 

हेल्प नेपालले तेस्रो सेट ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससँग १८–२५ ले पराजित भएपश्चात् खेल २–२ को अवस्थामा पुग्यो । सङ्घर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपाल २४–२२ ले जित्दै विजयी भयो । 

यसैगरी आजै भएको अर्को खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–२ को सेटमा पाखा लगायो । आर्मी खेलको पहिलो सेट एपिएफसँग १८–२५ ले पराजित भयो । दास्रो सेट २६–१६ ले जित्न सफल भएको आर्मी तेस्रो सेटमा पुनः २४–२६ ले एपिएफलाई सुम्पन बाध्य भयो ।

खेलको चौथो सेट २८–२६ ले जित निकाल्दै आर्मीले खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो टोलीको जित सुनिश्चित ग¥यो । 

पुरुषकै अर्को खेलमा सैलुङ बाघढुङ्गा स्पोर्ट्स क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भयो । सैलुङले पहिलो सेट २५–१९ ले जित्यो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो ।

त्यस्तै खेलको तेस्रो सेट पनि २२–२५ ले पराजित भयो । त्यसपछिको लगातार चौथो र पाँचौँ सेट सैलुङले क्रमशः २५–२१, १५–१३ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्