अन्तिम श्रद्धाञ्जली

पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले आर्यघाट पुगेर दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली

बुधबार, असार २७, २०८०

काठमाडौं - नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ ।

अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेका छन् । पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उनीप्रति परिवारका सदस्य, आफन्त, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रीहरु, सांसद तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्