सरकारले तोक्यो धानको समर्थन मूल्य 

मंगलबार, असार २६, २०८०

काठमाडौँ– सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कृषि मन्त्रालयको प्रस्तावमा बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकेको मन्त्री शर्माले बताइन् । 

सरकारले आर्थिक वर्ष २०७९ ८० का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्