बङ्गलादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै 

मंगलबार, असार २६, २०८०

काठमाडौँ– बङ्गलादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल दिउँसो पौने २ बजे बङ्गलादेशको चटगाउँमा शुरु हुनेछ ।

आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्विप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डिएल पद्धतिमा १७ रनले विजयी भएको थियो ।

त्यस्तै, शनिबार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्गलादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।

यी दुई देशबीच आउँदो शुक्रबार र आइतबार दुई खेलको टी–२० शृङ्खला हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्