नाबालिका बलात्कृत

नाइट क्लब एलओडीका सञ्चालक सुवाल पक्राउ

बिहीबार, असार २१, २०८०

काठमाडौँ– काठमाडौं ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

एलओडीमा गएकी एक १६ वर्षकी नाबालिका बलात्कृत भएको सार्वजनिक भएपछि उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।

ललितपुरका प्रहरीले उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताएको छ ।

जेठ ३० गते एलओडी क्लब गएकी १६ बर्षे नाबालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला  सुदनबहादुर कोइरालालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार  जेठ ३१ गते बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्