प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्‍यो राष्ट्रियसभा अवरुद्ध

बिहीबार, असार २१, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए ।

प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने उनीहरूले बताए ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा उनी आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको यसै अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्