सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

बिहीबार, असार २१, २०८०

काठमाडौँ– सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा रोल्पाको गंगादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसा लत्रिएको विद्युत तारले बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

उक्त घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्