नेभिगेशन
समाचार

‘अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने’

काठमाडौँ– नेपाली कांग्रेसका सांसद उदयशम्सेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थीरतातर्फ लैजान नहुने उल्लेख गरे । निर्वाचन भएको ८ महिनामा ८ बर्षमा हुने घटनाक्रमहरु भएको र सरकारले काम गर्न नपाएको भन्दै उनले कांग्रेस सत्ता भन्दापनि स्थीरतातर्फ केन्द्रीत भएको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार