नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्ति– वाम एकता गर्दैमा कांग्रेससँगको सम्बन्ध टुट्ने छैन 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूको एकताले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)को नेपाली कांग्रेससँगको सम्बन्ध नटुट्ने स्पष्ट पारेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम एकताले कांग्रेस तरंगित हुनुनपर्ने बताए ।

कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने दाबी गर्दै उनले भने, ‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’

विगतका राजनीतिक आन्दोलनमा कांग्रेस र कम्युनिस्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिस्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । अर्को प्रश.गमा प्रधानमन्त्री प्रचण्डले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखे ।

उनले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गरे । 

‘लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ । यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ,’ उनले भने ।

    

    
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार