प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष डा राउतबीच भेटघाट

आइतबार, असार १७, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेटघाट भएको छ । 

जनमत पार्टीका अध्यक्ष डा राउतले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेटघाट गरेका हुन् । 

गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष राउतले जानकारी दिए । अध्यक्ष राउतले भने, “प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्