बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले

आइतबार, असार १७, २०८०

काठमाडौँ– नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारद्वारा ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाएका छन् ।

उनले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी विनियोजित बजेट पास हुन नदिने अठान दोहोर्याए । नेता थपलियाले जनताको घर जग्गा जोगाउने, खहरे बाढी नियन्त्रण गर्न अति न्यून बजेट विनियोजित गरिएको भन्दै चिन्ता व्यक्त गरे । 

सरकारको नीति तथा कार्यक्रम र बजेटको बीच कुनै पनि तालमेल नगरेको टिप्पणी गर्दै उनले बजेटमा विद्युतीय बस, सुरुङ मार्गजस्ता अघिल्लो सरकारले ल्याएको जनमैत्री र प्रदेश गौरवको योजनाको नाम बजेट विनियोजन नगरेको बताए ।

नेता थपलियाले आफ्नो दलको तर्फबाट प्रस्तुत गरिएको ११ वटा माग पूरा नगरेसम्म बैठक अवरुद्ध गरिरहने जिकीर गरे ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्