इद उल अजहा अर्थात बकर इद ‘मुबारक’ ! [तस्बिर कथा]
काठमाडौँ– ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’ धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् ।
ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्ज’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ ।
वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेस्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० १८:४४
प्रतिक्रिया दिनुहोस्