नेभिगेशन
समाचार

कोशीका मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । 

उक्त पार्टीको संसदीय दललले कार्कीलाई विश्वासको मत नदिने बरु तटस्थ बस्ने निर्णय गरेको हो ।

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् ।

यसअघि नेकपा (माओवादी केन्द्र)ले पनि नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । 

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै विश्वास मत नदिने निर्णय गरिसकेका छन् । यससँगै कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार