नेभिगेशन
समाचार

कोशीमा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

सरकारको नेतृत्व लिन पहल गर्ने

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

आज विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बरु आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर आफूलाई मत दिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रले विश्वासको मत नदिएमा सरकार ढल्ने निश्चित हुनेछ । किनकि, यसअघि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार