नेभिगेशन
सुरक्षा–अपराध

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ 

काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणका थप एकजना पक्राउ परेका छन् ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका हुन् ।

ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त आज शाहलाई पक्राउ गरेको हो ।

शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए । यसअघि प्रहरीले आजै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि पक्राउ गरेको थियो ।

यस्तै, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसीलाई पनि काठमाडौँका विभिन्न ठाउँबाट आजै पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!