‘वानएक्स बेट’मा सट्टाबाजी गर्न उत्प्रेरित गर्ने युट्यूबर पक्राउ 

आइतबार, असार १०, २०८०

काठमाडौँ– ‘वानएक्स बेट’ सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने युट्यूबर पक्राउ परेका छन् ।

‘बेटिङ्ग एप्लिकेशन वानएक्स बेट’मार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्यूब च्यानलमार्फत ‘वानएक्स बेट’लाई प्रचारप्रसार कार्यमा संलग्न राज कुमार थापा राजकुमार तामाङ्गलाई पक्राउ गरी आज प्रहरी परिसर, काठमाडौँ पठाइएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले काभ्रेपलाञ्चोक तेमाल–८ घर भएका थापालाई गत शुक्रबार काठमाडौँको कपनबाट पक्राउ गरेका जानकारी दिए । उनका अनुसार आफ्नो युट्यूब च्यानलमार्फत ‘वानएक्स बेट’लाई प्रचारप्रसार कार्यमा सहयोग पुग्ने गरी प्रोमो कोडसमेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न थिए ।

प्रहरीले थापालाई पक्राउ गरी सट्टावाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्