सांसद झाको प्रश्न– ५११५ दिन उपराष्ट्रपति हुँदा सम्झनलायक काम कसले के गरे ?

आइतबार, असार १०, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले खर्च कटौतिको लागि उपराष्ट्रपति पदमा नयाँ व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेसम्म उपराष्ट्रपतिले ५ हजार ११५ दिन काम गरेको र यसअवधिमा सम्झनलायक केही पनि काम गरेको आफूलाई स्मरण नभएको भन्दै उनले नयाँ व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘आजसम्म हिसाव गर्दा ५ हजार ११५ दिन उपराष्ट्रपतिले काम गर्नुभएछ । यो अवधिमा ३ कार्यकालमा ४ अनुहार देखियो । तर, सम्झनलायक एउटा पनि काम भएको छैन । त्यसैले उपराष्ट्रपतिको जिम्मेवारी राष्ट्रिय सभाको अध्यक्षलाई नै दिने व्यवस्था गरौं,’ सांसद झाले भने ।

यसअघि राजनीतिक दलहरुलाई नयाँ पद चाहिएको कारण उपराष्ट्रपति पद राखिएको भएपनि अब कटौति गर्दा पनि समस्या नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्