Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकी र लुम्बिनीमा मेघ–गर्जनका साथ भारी वर्षा, सतर्क रहन अनुरोध

शनिबार, असार ९, २०८०

काठमाडौँ– हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पछिल्लो १ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनका साथ भारी वर्षा भईरहेको छ ।

देशभर केही स्थानहरुमा मेघ–गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहेको गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र मेघ–गर्जन चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

साथै,  सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्