सांसदले प्रचण्डलाई भने– मेरो नाम अशोककुमार चौधरी, फेरि भुल्नुहोला

शुक्रबार, असार ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद अम्बिका बस्नेतको नाम भुलेको विषयमा सांसदहरुले घोचपेच जारी राखेका छन् ।

सांसद अशोककुमार चौधरीले प्रधानमन्त्री प्रचण्डलाई नाम विर्सेको विषयमा व्याङ्ग्य गरेका हुन् । आज प्रतिनिधि सभामा सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ दिने कार्यक्रम छ ।

प्रश्न सोध्ने क्रममा अशोककुमार चौधरीले प्रधानमन्त्री प्रचण्डलाई घोचपेच गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, मेरो नाम नोट गर्नुहोला, मेरो नाम अशोककुमार चौधरी हो, फेरि भुल्नु होला,’ सांसद चौधरीले यसोभन्दै आफ्नो भनाइ सुरु गरे ।

सांसद अम्बिका बस्नेत बोलिसकेपछि प्रधानमन्त्री प्रचण्डले नाम विर्सेछु भनेको विषयमाथि घोचपेच गर्न सांसद चौधरी यसरी प्रस्तुत भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्