०८४ सालको चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

बिहीबार, असार ७, २०८०

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०८४ सालको चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् ।

समाजवादी मोर्चामा सहभागी नभएको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो । उनले अबको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफु रहेको र नयाँ शक्तिका रुपमा रास्वपा अगाडी आएकोमा आफु अत्यन्त खुसी भएको जिकिर गरे ।

त्यस्तै, भट्टराइले लोकतन्त्रमा बिचार फरक र प्रतिष्पर्धा हुन सक्ने भएपनि नेपालीले चाहेको नयाँ पन नै भएको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्