सर्वोच्च अदालत

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेहरूको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

बिहीबार, असार ७, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूमाथिको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ । 

न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले आक्रमणकारीहरूको मुद्दा फिर्ता लिनुको कारण पेश गर्न पनि सरकारलाई आदेश दिएको छ 

आफूमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च गएका थिए । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्