नेभिगेशन
समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा जारी छ । 

    यही असार ९ गतेदेखि सुरु हुन लागेको केन्द्रीय समिति र असार १० गतेदेखि सुरु हुने विधान अधिवेशनका बारेमा छलफल गर्न आज कार्यकारिणी समितिको बैठक बसेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिइन्छ । सो रायअनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार