बालेन र हर्कलाई रास्वपामा ल्याउन पाए असाध्यै राम्रो हुन्थ्यो : रवि लामिछाने

बिहीबार, असार ७, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा जोड्न सकारात्मक रहेको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै लामिछानेले दुई जनालाई पार्टीमा जोड्न सके असाध्यै राम्रो हुने बताए ।

‘बालेन र हर्कलाई हामीले पार्टीमा जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । अन्य साथीहरूले पनि त्यसैगरी सोचिदिनुभयो भने हाम्रो तर्फबाट त हामी एक सय प्रतिशत सकारात्मक छँदैछौँ नि,’ उनले भने।

लामिछानेले बालेन र हर्कसँग आफ्नो सौहार्द्रपूर्ण सम्बन्ध रहेको पनि बताए । 

अर्को प्रशंगमा सभापति लामिछानेले दलहरूले बनाएको मोर्चाबन्दीले आफूहरूलाई असर नपर्ने टिप्पणी गरे ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्