Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

बुधबार, असार ६, २०८०

काठमाडौँ– उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले  जानकारी दिए ।

गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखादै बन्द गराएको थियो । त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन ९हिसान० ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्