Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिल सेनेगलसँग पनि पराजित, ६ खेलमा चौथो हार

बुधबार, असार ६, २०८०

काठमाडौँ– सर्वाधिक ५ पटकको विश्वकप फुटबल विजेता ब्राजिल अफ्रिकी राष्ट्र सेनेगलसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल अफ्रिकी च्याम्पियन सेनेगलसँग ४–२ गोल अन्तरले पराजित भएको हो । 

पोर्चुगलको लिस्बनमा मंगलबार राति भएको खेलमा सेनेगललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे ।

खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, २२ औं मिनेटमा हिबाब डियालोले गोल गर्दै सेनेगललाई १–१ को बराबरीमा ल्याए । 

खेलको ५२ औं मिनेटमा ब्राजिलका मार्कक्विन्हसले आत्मघाती गोल गर्दा सेनेगल २–१ ले अघि रह्यो ।

५५ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३–१ को अग्रता दिलाए ।

खेलको ५८ औं मिनेटमा मार्कक्विन्हसले गोल गर्दै ब्राजिललाई ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ४–२ को जित दिलाए ।

ब्राजिलले पछिल्ला ६ खेलमा चौथो हार ब्यहोरेको हो । गत वर्ष कतारमा भएको विश्वकपको समूहचरणको अन्तिम खेलमा ब्राजिल अर्को अफ्रिकी टोली क्यामरुनसँग पराजित भएको थियो । 

यस्तै, ब्राजिलले विश्वकपको क्वार्टरफाइनलमा क्रोएसिलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो ।

यसैगरी ब्राजिल गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा पनि अर्को अफ्रिकी टोली मोरक्कोसँग पराजित भएको थियो । पछिल्ला ६ खेलमध्ये ब्राजिलले दक्षिण कोरिया र गिनीलाई भने हराएको छ । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्