आईसीसी एकदिवसीय विश्वकप क्रिकेट

अमेरिकाविरुद्ध नेपालले चौथो विकेट गुमायो

मंगलबार, असार ५, २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । 

नेपालका कुशल मल्ल १३ रन बनाउँदै आउट भए । चौथो विकेट खस्दा नेपालको कूल स्कोर एक सय ३७ रन थियो । 

कुशल मल्लको विकेट जेसी सिंहले लिएका हुन् । नेपाललाई जितका लागि यो समाचार तयार पार्दासम्म ६१ बलमा २७  रन आवश्यक छ ।

अमेरिकाले नेपाललाई २०८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो। 

नेपालका बलहरूले सुरुदेखि नै अमेरिकाका ब्याटरलाई दबाब दिँदै विकेट लिएका थिए । करण केसीले सर्वाधिक ४ विकेट लिए ।

यस्तै, गुल्शन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजबंशीले १ विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्