स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आयातित कृषिवस्तुमा कर : अर्थमन्त्री महत

सोमबार, असार ४, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नका लागि आयातित कृषिवस्तुमा कर लगाइएको बताएका छन् ।

सोमबार विराटनगरमा मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आन्तरिक उत्पादन बढाउदै आयातित वस्तुको प्रयोगलाई न्यूनिकरण गर्नका लागि आयातित कृषिवस्तुमा कर लगाइएको बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रमा समस्याहरु रहेको भन्दै अर्थतन्त्र सुधारका लागि गरिएका प्रतिवद्धताबाट पछि नहट्ने स्पष्ट पारे । अहिलेको अवस्थामा पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता रहेको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने उहाले बताए । पूर्वपश्चिम विस्तार सडक र उत्तर–दक्षिणको सडक निर्माणले पूर्वी क्षेत्रको कायापलट हुने विश्वास रहेको उनको भनाइ छ । 

उनले अहिलेको प्रणालीलाइ रुपान्तरण गर्ने गरि इमान्दारीपूर्वक बजेट तयार गरेको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्