सनराइज बैंक लक्ष्मी बैंकसँग बराबरी हैसियतमा मर्जरमा जाने

सोमबार, असार ४, २०८०

काठमाडौँ– सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा आज उक्त बार्षिक साधारण सभा सम्पन्न भएको हो । 

सभाले आर्थिक वर्ष २०७८-७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात  तथा आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्तावसहित सनराइज बैंक र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । 

प्रस्तावअनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव पारित गरिएको छ । आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्