तस्बिरमा बाढीको ताण्डव

अहिले साँझसम्म चार जनाको मृत्यु भएको छ भने अन्य २८ जना बेपत्ता रहेका छन् ।
आइतबार, असार ३, २०८०

काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर चार जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २८ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ । 

हेर्नुहोस् तस्बिरमा बाढीको ताण्डव

Nepal_Floods and landslides in eastern1687100123.jpgअविरल वर्षासँगै आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरुपमा ठप्प भएको छ । तस्बिर : रवीन्द्र काफ्ले/रासस

 

Nepal_Floods and landslides in eastern101687100411.jpgसङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा शनिबार राती आएको भीषण बाढीले चैनपुर बारबिसे सडक खण्डअन्तर्गत दोभानेको मोटरेबल पुलसहित आसपासका बस्तीमा पुर्‍याएको क्षति  । तस्बिर : सुजन बज्राचार्य/रासस 

 

Nepal_Floods and landslides in eastern91687100126.jpgसङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा गएराति आएको बाढीले जोखिममा परेको बस्ती । तस्बिर : सुजन बज्राचार्य /रासस

 

Nepal_Floods and landslides in eastern81687100126.jpgसङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा गएराति आएको बाढीले जोखिममा परेको बस्ती । तस्बिर : सुजन बज्राचार्य /रासस

 

Nepal_Floods and landslides in eastern61687100126.jpgगएराति वर्षासँग मैवाखोलामा आएको बाढीले क्षति पुर्‍याएको दोभान बजारस्थित आठराई त्रिवेणी गाउँपालिका जोड्ने सडक । तस्बिर : सन्तोष पुर्कुटी/रासस

 

Nepal_Floods and landslides in eastern11687100123.jpgहेंवा खोलामा गयराती आएको बाढीले खोला नजिकै रहेको आफ्नो घर बगाएपछि आइतबार बालबच्चाका साथमा दु:खी मुद्रामा बसेकी फिदिम नगरपालिका–४ का रिता कटवाल । बाढीले कटवालको दुई तले घर बगाएपछि  परिवार घरवारविहीन भएको छ । तस्बिरः  रवीन्द्र काफ्लेररासस

 

Nepal_Floods and landslides in eastern51687100607.jpgसङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा गएराति आएको बाढीले बगाएर ल्याएको ट्रक । तस्बिर : भविन कार्की/रासस

 

Nepal_Floods and landslides in eastern41687100124.jpgसङ्खुवासभाको हेवा खोलामा गएराति आएको भिषण बाढीले चैनपुर नगरपालिका– ४ मैदाने र पाचखपन नगरपालिका– ९ चौरीखर्क जोडेको मछेबुङ्गको झोलुङेपुलमा पुर्‍याएको क्षति ।  तस्बिर : सुजन बज्राचार्य/रासस

 

Nepal_Floods and landslides in eastern31687100124.jpgसङ्खुवासभाको हेवा खोलामा गएराति आएको भिषण बाढीले चैनपुर नगरपालिका– ४ मैदाने र पाचखपन नगरपालिका– ९ चौरीखर्क जोडेको मछेबुङ्गको झोलुङेपुलमा पुर्‍याएको क्षति ।  तस्बिर : सुजन बज्राचार्य/रासस

 

Nepal_Floods and landslides in eastern21687100124.jpgपहाडी जिल्लामा वर्षासँगै आएको बाढीमा सप्तकोशी नदीमा बगेर आएको काठ, दाउरा  पुल क्षेत्रबाट जोखिम मोलेर झिकेपछि  आइतबार घरतर्फ लाँदै स्थानीय  । तस्बिर : अजितकुमार झा/रासस

 

Nepal_Floods and landslides in eastern1687100123.jpgबाढीले बगाएको मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेंवा खोला पुल । बाढीले यो पुल बगाएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड अवरुद्ध बनेको छ । तस्बिरः रवीन्द्र काफ्ले/रासस

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार