साढे ४७ लाख पर्ने ‘अल–इलेक्ट्रिक क्रसओभर ओरा–०३’को बुकिङ खुल्यो

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ— जीडब्लूएम नेपालले विद्युतीय सवारी अल–इलेक्ट्रिक क्रसओभर ओरा–०३ को नेपालमा बुकिङ खुला गरेको छ । 

४७ लाख ४९ हजार रुपैयाँ पर्ने गाडीको बुकिङ खुला भएको कम्पनीले जनाएको छ । एक भेरियन्ट प्रोमा उपलब्ध यो गाडीमा ४७.७८ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री प्रदान गरिएको छ । यसले ४ सय किलोमिटर दूरीको अधिकतम दायरा प्रदान गर्ने कम्पनीको दाबी छ ।

‘ओरा ०३ मा ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटर रहेकाले सहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउँछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जीडब्लूएम नेपाललले हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर ९जुन पहिले आउँछ० वारेन्टी प्रदान गर्नेछ ।

‘पहिरिएको पार्टपूर्जा बाहेक सम्पूर्ण गाडीमा ४ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी उपलब्ध गराइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९ईसीएस०, ट्र्याक्सन कन्ट्रोल सिस्टम ९टीसीएस०, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली लगायत विशेषता रहेको गाडीले अस्ट्रेलियन र युरो एनक्याप दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको जीडब्लूएमले जनाएको छ । 

जीडब्लूएम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्