सनराइज बैंकद्वारा बुटवल र विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ– सनराइज बैंकको योगिकुटी शाखाले बुटवलस्थित तिलोत्तमा आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

रुपन्देहीको शुद्धोदन गाउँपालिकास्थित जनता माविमा सञ्चालन गरिएको शिविरबाट २५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र अन्य जाँचसम्बन्धी सेवाहरु लिएका थिए । सेवा लिनेमा विद्यार्थी, शिक्षक तथा अभिभावक रहेको बैंकले जनाएको छ ।

Image1686738815.jpg

त्यसैगरी बैंकको दुहबी शाखाले विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा छिटाहा माविस्थित छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । 

उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १५१ जना सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्