सनराइज बैंकका ग्राहकले अब केएफसी, पिजा हट र क्रिम बेलमा विशेष छुट पाउने 

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ– अब सनराइज बैंकका ग्राहकलाई केएफसी, पिजा हट र क्रिम बेलमा विशेष छुट हुने भएको छ ।

सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो ।

डिजिटल कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्य साथ ग्राहकलाई विभिन्न क्षेत्रमा छुट प्रदान गरिँदै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट÷क्रिम बेलसँग सहकार्य गरी थप छुट दिने व्यवस्था गरेको हो ।

353736059_645963844241075_3913244187983266947_n1686730305.jpg

सम्झौताअन्तर्गत बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्र्माट प्लसबाट नेपाल पे क्युआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट÷क्रिम बेलका देशैभरि रहेका आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्