१३ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाज अवतरण 

मंगलबार, जेठ ३०, २०८०

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । 

सञ्चालनमा आएको १३ महिनापछि मंगलबार निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

भैरहवा विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगाएतले स्वागत गरेका थिए । सो क्रममा मन्त्री किरातीले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज खरिदको प्रक्रियामा रहेको भन्दै दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज खरिद गर्न लागिएको जानकारी दिए ।

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेकाथिए । तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुबेतको अल जजिरा एयरलायन्सले मात्रै गरेको थियो । 

त्जबलप थ्यग १

प्रतिक्रिया दिनुहोस्