नेभिगेशन
पूर्वाधार

विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध 

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार विनयी खोलामा बर्षातको कारण अचानक पानीको बहाव बढ्न गई डाईभर्सन माथिबाट पानि बगेको कारण बाटो बन्द भएको हो । 

डाइभर्सनमा बाटो बन्द भएपछि यात्रुबाहक सवारी साधन र साना सवारी साधनहरु होङ्सीगेटबाट सर्दी हुँदै जाने बैकल्पिक सडकबाट पठाईएको छ भने मालबाहक ठुला सवारी साधनहरु दुवैतर्फ एक लाईनमा रोकिएको छ । 
गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । 

पुल भाँचिएको ठाउँमा केही दिन अगाडि नयाँ पुल निर्माण सम्पन्न भएपनि उक्त पुलमा सवारी साधन सञ्चालनमा ल्याउन अझै २५ दिन जति लाग्ने छ । 

सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले पुल निर्माण सकिएको २८ दिन पछि मात्रै उक्त पुल माथिबाट सवारी साधन सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्