प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश

मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

उनीहरूविरुद्धको रिटमा सवोच्चले अग्राधिकार प्रदान गर्दै विपक्षीको नाममा आज कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासमा प्रारम्भिक सुनुवाइमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोग गरेको आरोप लगाउँदै माओवादीका तत्कालीन बाल सैनिक लेलिन विष्ट लगायतले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुरामलाई कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

नौजना पूर्वबाल सैनिकले हाल प्रधानमन्त्रीसमेत रहेका प्रचण्डर माओवादी छाडेका बाबुरामले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै कारबाहीको माग गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्