‘अर्थमन्त्री नो म्यान हुनैपर्छ’ 

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन् । सबै कुरा एस एस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ थियो । 

आव २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने,  ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एस–एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्