सनराइज बैंकद्वारा निःशुल्क शिविर सञ्चालन

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छ ।

आँखा शिविर कार्यक्रम पर्सास्थित डुमरिया चन्द्रपुर ९ मा सञ्चालन गरिएको थियो । शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवा लिएका बैंकले जनाएको छ ।

दृष्टि आँखा अस्पताल वीरगञ्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहटजस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्