प्रदीप पौडेलको प्रश्न– तिरो तिर्ने बेलामा मात्रै जनतासँग भेट्ने राज्यले आफ्ना कार्यक्रम कसरी पूरा गर्छ ?

आइतबार, जेठ २८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ भन्ने प्रश्न गरेका छन् ।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उनको टिप्पणी छ ।

‘एउटा किसान बाँदर आतङ्कदेखि जलवायु परिवर्तनसम्मका अनगिन्ती समस्यासँग जुँधिरहेको हुन्छ । तर, उसको राज्यसँगको भेट केवल तिरो तिर्ने बेलामा मात्रै हुन्छ । यस्तो अवस्था सधैँ रहिरहने हो भने सरकारले अघि सारेका कार्यक्रम कसरी पूरा हुन्छन् ?’ उनले भने ।

सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटले श्रम र शिक्षालाई व्यावहारिक रुपमा जोड्न नसक्ने उनको दाबी छ । सांसद पौडेलले बजेटमा नागरिक पेन्सनको व्यवस्था गर्ने सकारात्मक विषय भए पनि त्यसलाई पूर्णरुपमा व्याख्या गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्