साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा को–को परे ?

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

विमल पाण्डे, सीमान्त थापा, निशान्त खड्का, लकेन लिम्बू र आभाष लामिछानेले पहिलो पटक टोलीमा स्थान पाएका छन् ।

दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, सुदीप गुरुङ, अन्जल महर्जन, आशिष गुरुङ, विक्रम लामा र विशाल तामाङले पनि टोलीमा स्थान बनाउन सकेनन् ।

गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्डरमा  विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सीमान्त थापा रहेका छन् ।

त्यस्तै मिडफिल्डर पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने रहेका छन् ।

त्यसैगरी फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर रहेका छन् ।

जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै घरेलु टोली भारत, पाकिस्तान र कुवेत छन् । आठ टोलीको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

May be an image of soccer, football and text that says 'FINAL SQUAD SAFF CHAMPIONSHIP 2023 GOALKEEPERS Kiran Chemjong, Deep Karki, Bishal Shrestha DEFENDERS Bimal Panday, Sanish Shrestha, Ananta Tamang, Devendra Tamang, Nishant Khadka, Rohit Chand, Simanta Thapa MIDFIELDERS Pujan Uperkoti, Arik Bista, Nabin Lama, Mani Kumar Lama, Laken Limbu, Avas Lamichhane FORWARDS Ayush Ghalan, Nawayug Shrestha, Dipak Raj Singh Thakuri, Anjan Bista, Manish Dangi, Aashish Chaudhary, Bimal Gharti Magar'

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्