सर्वोच्चको आदेश– प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराध रिट दर्ता गर्नू

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्षबाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पूर्वबालसैनिक लेनिन विष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न सर्वोच्चले आज आदेश दिएको हो । उक्त रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।  

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले माओवादी युद्धका अगुवा नेताहरू तत्कालीन कमाण्डर प्रचण्ड र बाबुरामलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै विष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

निवेदकहरूले हाल प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र बाबुरामले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै रिटमा कारबाहीको माग गरेका छन् ।

बाबुरामले भने अहिले माओवादी पार्टी परित्याग गरिसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्